काठमाडौं, कात्तिक २४ । भारतको बैंगलुरुमा हुने अभ्यास टी-२० क्रिकेट शृंखलाका लागि नेपाली यू–१९ महिला क्रिकेट टिमको घोषणा भएको छ ।
मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० क्रिकेट शृंखलाका लागि सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।
पाख्रिनको कप्तानीमा घोषित टिममा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, साक्षी यादव, टीका साह, अन्जिला पाठक र सावित्री धामी छन् ।
यसैगरी, मनिषा चौधरी, आशिका कुमारी महरा, आस्रा चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा पनि टिममा परेका छन् । अभ्यास शृंखला नोभेम्बर १२ देखि २२ सम्म भारतको बैंगलुरुमा चल्नेछ ।



