२०८३, कात्तिक २९ गते

शनिबार, कात्तिक २९ गते २०८३

शनिबार, कात्तिक २९ गते २०८३

एनपीएलको प्ले अफ पुग्ने दोस्रो टोली बन्यो सुदूरपश्चिम, रोमाञ्चक खेलमा काठमाडौं ७ रनले पराजित

एनपीएलको प्ले अफ पुग्ने दोस्रो टोली बन्यो सुदूरपश्चिम, रोमाञ्चक खेलमा काठमाडौं ७ रनले पराजित

साझा पोष्ट
शुक्रबार, कात्तिक २८ २०८३
  • images
    एनपीएलको प्ले अफ पुग्ने दोस्रो टोली बन्यो सुदूरपश्चिम, रोमाञ्चक खेलमा काठमाडौं ७ रनले पराजित
    images

    काठमाडौं, कात्तिक २७ । साविक उपविजेता सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको प्ले अफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम प्ले अफ पुग्ने दोस्रो टिम बनेको हो । लुम्बिनी एक खेल अघिनै विहीवार प्ले अफ प्रवेश गरिसकेको थियो । 


    images

    सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । काठमाडौंका राशिद खानले ३१ बलमा ५ चौकासहित नटआउट ३५ रन बनाए पनि हार टरेन् । यस्तै दुशान हेमन्थले १८ बलमा १ छक्का र १ चौकासहित २१ रन बनाए । 
    सुदूरपश्चिमका अनिल खरेलले २, स्कट कुगेलेन, हेमन्त धामी र फबियन एलेनले समान १ विकेट लिए । 
    त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । 
    निकै खराब शुरुवात गरेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्र सिंह ऐरीले सम्हाले । ८ रनमा ४ विकेट गुमाएर संकटमा परेको टिमलाई दीपेन्द्रले १ सय २५ रन सम्म पुर्याए । टिमको कुल १२५ रन मध्ये झण्डै आधा रन उनले बताए । दीपेन्द्रले ६० रन बनाए । ५५ बलको सामना गर्दा उनले ५ चौका र २ छक्का हाने । 


    दीपेन्द्रले आरिफ शेखसँग मिलेर पाँचौ विकेटका लागि समान ५४ रनको साझेदारी गरे । त्यस्तै उनले  थरिन्दु रत्नायकेसँग मिलेर छैटौं विकेटका लागि ५४ रनको साझेदारी गरे । रत्नायकेले नटआउट २६ रन जोडे भने आरिफले रन आउट हुनुअघि १६ रन बनाए । 
    काठमाडौंका लागि जहाँदाद खानले ३ र सन्तोष यादवले २ विकेट लिए । 

    यो जितसँगै सुदूरपश्चिम ७ खेलमा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित काठमाडौं ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा झरेको छ । लुम्बिनी ९ अंकसहित दोस्रो स्थानमा छ  । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार