२०८३, मंसिर १ गते

सोमबार, मंसिर १ गते २०८३

सोमबार, मंसिर १ गते २०८३

पोखराले बनायो एनपीएल इतिहासकै उच्च स्काेर, काठमाडौंलाई दियो २ सय २५ रनको लक्ष्य

पोखराले बनायो एनपीएल इतिहासकै उच्च स्काेर, काठमाडौंलाई दियो २ सय २५ रनको लक्ष्य

कुशल र युवराजले आक्रामक ब्याटिङसहित गरे १ सय ८६ रनको साझेदारी

साझा पोष्ट
आइतबार, कात्तिक ३० २०८३
  • images
    पोखराले बनायो एनपीएल इतिहासकै उच्च स्काेर, काठमाडौंलाई दियो २ सय २५ रनको लक्ष्य
    images

    काठमाडौं, कात्तिक २९ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग एनपीएलको इतिहासमै सबैभन्दा ठूलो योगफल बनाएको छ । पोखराले आईतवार काठमाडौं गोर्खाजविरुद्ध २ सय २४ रन बनाएको हो । 


    images

    यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो । पोखरा एनपीएलमा एकै सिजन दुई पटक २०० भन्दा माथिको रन बनाउने पहिलो टिम बनेको छ । यसअघि कर्णाली याक्सविरुद्ध पोखराले २१७ रन बनाएको थियो ।

    कुशल भुर्तेल र युवराज सम्राले दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गरेपछि एनपीएल इतिहासकै ठूलो योगफल सम्भव भएको हो । दुवै जना उत्कृष्ट खेल्दै शतकतिर अघि बढिरहेका बेला नजिक पुगेर चुके । भुर्तेल १ रनले चुके भने सम्रा ११ रन टाढा रहे । 

    कुशल भुर्तेलले सर्वाधिक ९९ रन जोडे । ५१ बल खेलेका कुशलले ८ चौका र ८ छक्का प्रहार गरे । ओपनर युवराज सम्राले ८९ रनको योगदान दिए ।

    ५५ बल खेलेका सम्राले ८ चौका र ५ छक्का प्रहार गरे । कप्तान चमिका करुणारत्ने १९ र धनन्जय लक्षण २ रनमा नटआउट  रहे । ७ बल खेलेका चमिकाले १ चौका र २ छक्का प्रहार गरे ।  ओपनर अर्जुन कुमाल भने ५ रनमा आउट भए ।

    काठमाडौं गोर्खाजका लागि  करण केसीले २ र जहानदाद खानले १ विकेट लिए । काठमाडौं  गोर्खाजले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार