काठमाडौं, मंसिर ६ । कतारमा जारी एसिया कप राइजिङ स्टारको आफ्नो दोस्रो खेलमा नेपालले युएईलाई १२१ रनमा अलआउट गरेको छ ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले युएईलाई १० ओभर १ बल बाँकी छँदै १२१ रनमा अलआउट गरेको हो । नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ तथा राशिद खान, नन्दन यादव र ललित राजवंशीले समान १ विकेट लिए । युएईका लागि कप्तान मोहम्मद सहाददले ४० र हरप्रित सिंहले ३२ रन बनाए ।



