काठमाडौं, मंसिर ८ । भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ ।
रेलमा आएका यात्रु र भारतका प्रतिनिधिलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र संघीय श्रम मन्त्री रामजी यादवले स्वागत गरे ।
राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट सोमबार झन्डा देखाएपछि यो रेल अयोध्याबाट जनकपुरका लागि हिँडेको थियो ।
नेपाल–भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने उद्देश्यका साथ जनकपुरधाम-अयोध्या रेलसेवा सुरु गरिएको हो ।



