मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

विप्लवको वडामै हारे नेकपाका उम्मेदवार, माओवादी विजयी

विप्लवको वडामै हारे नेकपाका उम्मेदवार, माओवादी विजयी

साझा पोष्ट
सोमबार, जेठ २ २०७९
  • images
    विप्लवको वडामै हारे नेकपाका उम्मेदवार, माओवादी विजयी
    images
    कपिलवस्तु । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) को घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा उनको पार्टी पराजित भएको । योे वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् । वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका राम गोपाल चौधरी ९थारु० ले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । थारुका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त गरे । वडामा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिई पुतली चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका माल बहादुर घर्तिमगरले व ५ सय १७ मत प्राप्त गरी तेस्रो भए । २०७४ को स्थानीय तहको निर्वाचनमा सो वडा माओवादीले जितेको थियो । यही वडाको शिवगढीस्थित भगवानपुरमा नेत्र विक्रम चन्द(विप्लव) को घर र पार्टी केन्द्रीय कार्यालय समेत छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार