मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

घोडाघोडी नगरपालिकाको मेयर एकीकृत समाजवादीले जित्ने पक्का

घोडाघोडी नगरपालिकाको मेयर एकीकृत समाजवादीले जित्ने पक्का

साझा पोष्ट
बुधबार, जेठ ४ २०७९
  • images
    घोडाघोडी नगरपालिकाको मेयर एकीकृत समाजवादीले जित्ने पक्का
    images
    धनगढी । कैलालीको घोडाघोडी नगरपालिका नेकपा एकीकृत समाजवादीले जित्ने पक्का भएको छ । ४८४५ मत गणना गर्न बाकी छँदा ४६७५ मतान्तरले अगाडि रहेका नेकपा एकीकृत समाजवादीका खडक रावत नगर प्रमुख बन्ने पक्का भएको हो । रावतले १०२५० मत ल्याइसकेका छन् भने एमालेका ममता प्रसाद चौधरीको ५९८६ मत छ । चौधरी निवर्तमान मेयर हुन । सुदुरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल भएपनि एकीकृत समाजवादीले अहिलेसम्म एउटा पनि स्थानीय तह जित्न सकेको छैन । यो नै उसको पहिलो पालिका हुनेछ । उसले दुई उपप्रमुख मात्रै जितेको छ ।एकीकृत समाजवादीले आफूलाई गठबन्धनबाट धोका भएको बताउँदै आएको छ । सुदूरपश्चिमका ६८ स्थानीय तहको नतिजा आइसकेको छ । ८८ स्थानीय तह मध्ये ३२ स्थानीय तहमा जित हासिल गर्दै नेपाली कांग्रेस प्रदेशमा सबैभन्दा ठूलाे दल बनेकाे छ । एमालेले २३ र माओवादी केन्द्रले १२ पालिका जितेको छ । एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार