मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

बाबुराम भट्टराईको गृहनगर पालुङटारमा माओवादी विजयी

बाबुराम भट्टराईको गृहनगर पालुङटारमा माओवादी विजयी

साझा पोष्ट
बुधबार, जेठ ४ २०७९
  • images
    बाबुराम भट्टराईको गृहनगर पालुङटारमा माओवादी विजयी
    images
    काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा पनि माओवादी केन्द्र विजयी भएको छ । जनता समाजवादी(एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् । नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए । निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो भए । उनले ४९९७ मत पाए । जनता समाजवादीलाई समर्थन गरेपनि एमालेका हरि भट्टको समेत ९४१ मत आएको छ । यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् । गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४२८१ मतका साथ तेस्रो भइन् । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर समेत रहेको पालुङटारमा अन्तिम अवस्थामा आएर जनता समाजवादी र एमालेबीच तालमेल भएको थियो । तर, गठबन्धनका उम्मेदवार पराजित भए ।

    प्रतिक्रिया हरु
    थप समाचार