मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

कैलालीको जोशीपुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी

कैलालीको जोशीपुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी

साझा पोष्ट
बुधबार, जेठ ४ २०७९
  • images
    कैलालीको जोशीपुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी
    images
    धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनले ४ हजार ९ सय ३ मत प्राप्त गरे । उनले नेपाली कांग्रेसका बन्सराम बडायकलाई १ हजार ५ सय ३५ मतले पराजित गरे । पराजित कांग्रेसका बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ती पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन् । उनले ४ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन् । उनक निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजा ९ सय ६१ मत प्राप्त गरेका छन् ।थारु बहुल कांग्रेसको पकड क्षेत्र मानिएको जोशीपुरमा नागरिक उन्मुक्ती पार्टीको पहिलो जित हो । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । जोशीपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भीमबहादुर बमले ३ हजार १ सय ८९ प्राप्त गरेको छ भने एमालेका उम्मेदवार केशरबहादुर डगौरा १ हजार २ सय ९६ मत प्राप्त गरेका छन् ।    

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार