सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अफगानिस्तानमाथि श्रीलंकाको जित, एशिया कपमा आज भारत र पाकिस्तान भिड्ने

अफगानिस्तानमाथि श्रीलंकाको जित, एशिया कपमा आज भारत र पाकिस्तान भिड्ने

साझा पोष्ट
शनिबार, भदौ १८ २०७९
  • images
    अफगानिस्तानमाथि श्रीलंकाको जित, एशिया कपमा आज भारत र पाकिस्तान भिड्ने
    images
    काठमाडौं । श्रीलंकाले एसिया कपको सुपर चारको पहिलो खेलमा अफगानिस्तानलाई हराएको छ । सारजाहमा शनिबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको हो । अफगानिस्तानले दिएको १ सय ७६ रनको लक्ष्य श्रीलंकाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका कुशल मेन्डिसले ३६, पाथुम निशंकाले ३५, दनुश्का गुनाथिलाकाले ३३ तथा भानुका राजपाक्षेले ३१ रन बनाए । वानिन्दु हसरंगा डा सिल्भाले अविजित १६ रन तथा कप्तान दासुन शनकाले १० रन बनाए। अफगानिस्तानका मुजिब उर रहमान र नभिन उल हकले समान २÷२ तथा मोहम्मद नाबी र रशिद खानले समान १÷१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । अफगानिस्तानका लागि रमिउल्लाह गुर्बाजले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले ४५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । इब्राहिम जाड्रानले ४० तथा नजिबुल्लाह जाड्रानले १७ रन बनाए । हर्जतुल्लाह जाजईले १३ तथा रशिद खानले ९ रन बनाए । श्रीलंकाका लागि दिल्शन मधुशनकाले २ तथा असिथा फर्नान्डो,महेश थिक्सनाले समान १र१ विकेट लिए । यो जितसॅंगै श्रीलंका शीर्ष स्थानमा रहेको छ। आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार