सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एउटै अस्पताल सात महिनाको अन्तरमा दोस्रो पटक शिलान्यास

एउटै अस्पताल सात महिनाको अन्तरमा दोस्रो पटक शिलान्यास

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    एउटै अस्पताल सात महिनाको अन्तरमा दोस्रो पटक शिलान्यास
    images
    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँडले रुपन्देहीमा एउटा अस्पताल भवनको दोस्रो पटक शिलान्यास गरेका छन् । रुपन्देहीको सियारी गाउँपालिका निर्माण हुन लागेको १५ शय्याको अस्पताल भवनको गृहमन्त्री खाँडले शनिवार पुनः शिलान्यास गरेका हुन् । जबकि सोही अस्पतालको आज भन्दा सात महिना अगाडि २०७८ साल माघ २३ गतेपनि शिलान्यास गरिएको थियो । उक्त समयमा तत्कालीन गाउँपालिका अध्यक्ष अयोध्या थारुले अस्पताल भवनको शिलान्यास गरेका थिए । अस्पताल भवन निर्माण गर्न गत माघ महिनामै २१ करोड ८० लाख ५० हजार २९५ रुपैयाँ लागत अनुमानमा टेन्डर आह्वान समेत गरिएको थियो । सोही टेन्डरअनुसार अस्पताल भवन निर्माणका लागि गत असार ८ गते निर्माण कम्पनी कालिगण्डकी रविना जेभिले १८ करोड १ लाख ७ हजार ४८४ रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पहिला ठेक्का सम्झौता नहुँदै शिलान्यास गरिएकोले अहिले ठेक्का सम्झौता भएपछि शिलान्यास गरिएको तर्क गर्छन । तत्कालीन केपी शर्मा नेतृत्वको सरकारले ल्याएको ‘एक पालिका, एक अस्पताल’ योजना अन्तर्गत उक्त स्थानमा अस्पताल बन्न लागेको हो । चुनावको मुखमा सात महिनाको अन्तरमा एकै अस्पताल भवनको दोस्रो पटक शिलान्यास गरेपछि गृहमन्त्री खाँडको आलोचना भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार