सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष विरुद्ध पक्राउ पूर्जि जारी

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष विरुद्ध पक्राउ पूर्जि जारी

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष विरुद्ध पक्राउ पूर्जि जारी
    images
    बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । दुई जना भारतीय नागरिकलाई लागू औषध मुद्दामा फँसाएको आरोप लागेका बैजुलाई जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। लागुऔषध मुद्दामा गुप्तालाई पक्राउ गर्न प्रहरीले अनुमती मागेकाले अदालतबाट अनुमती दिएको जिल्ला अदालतले जनाएको छ । असार २२ गते नवलपरासीको रामग्राम नगरपालिका १७ पिपरहियाबाट प्रहरीले भारत मोतिहारी घर भई भुमहीमा कवाडीको कारोबार गर्ने रामा गुप्ता र जीतेन्द्र पासवनलाई लागूऔषध ओसारपसार गरेको भन्दै पक्राउ गरेको थियो। गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता र पक्राउ परेका रामा गुप्ताले साझेदारीमा कवाड व्यवसाय गर्दै आएका थिए। व्यवसायबाट भएको नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमति बेवास्ता गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले रकम दिन आलटाल गर्दै आएको रामाका आफन्तले बताएका छन्। पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । उनी फरार भए पनि एक हप्ताभित्र मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।  

    प्रतिक्रिया हरु
    थप समाचार