सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गगन थापाको नाम सर्लाही-४ बाट एकल रुपमा सिफारिस

गगन थापाको नाम सर्लाही-४ बाट एकल रुपमा सिफारिस

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    गगन थापाको नाम सर्लाही-४ बाट एकल रुपमा सिफारिस
    images
    काठमाडौं । नेपाली कांग्रेस सर्लाही क्षेत्रनंबर -४ ले महामन्त्री गगन थापाको नाम प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ सिफारिस भएको छ । कांग्रेस सर्लाही-४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर पठाएको र त्यसलाई प्रदेश कार्यसमितिमा पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिए । आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस गरेको थियो । सर्लाही ४ मा संघीय सांसद कांग्रेसकै अमरेशकुमार सिंह छन् । तर, उनको नाम सिफारिसमा परेन । कांग्रेस महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ हो । सोही निर्वाचन क्षेत्रबाट उनी दुई दुईपटक सांसद भइसकेका छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार