सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन शुरु

गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन शुरु

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन शुरु
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको छ । म्हेपीदेवीबाट मित्रनगर तर्फ जाने सडकमा अहिले महानगरले डोजर प्रयोग गरेर अवैध संरचनारु हटाइरहेको छ । महानगरले डोजर लगाएर अनधिकृत संरचना हटाएको  हेर्न स्थानीयको भीड बढेपछि प्रहरीले बल प्रयोग गरेर क्षेत्र खाली गराएको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन शुरु गरेको हो ।

    प्रतिक्रिया हरु
    थप समाचार