सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गुल्मी जिल्ला ईञ्चार्ज र अध्यक्ष एमालेमा गएपछि बोलिन रामकुमारी झाँक्री

गुल्मी जिल्ला ईञ्चार्ज र अध्यक्ष एमालेमा गएपछि बोलिन रामकुमारी झाँक्री

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    गुल्मी जिल्ला ईञ्चार्ज र अध्यक्ष एमालेमा गएपछि बोलिन रामकुमारी झाँक्री
    images
    तम्घास । गुल्मी जिल्ला ईञ्चार्ज र अध्यक्ष नेकपा एमालेमा फर्किएपछि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीको प्रतिक्रिया आएको छ । क्षेत्रनम्बर २ बाट चुनाव लड्ने तयारी गरिरहेका बेला धक्का लाग्ने गरी नेता एमालेमा गएपछि झाँक्रीले प्रतिक्रिया दिएकी हुन । ‘एक केन्द्रीय सदस्य र एउटा जिल्ला अध्यक्ष मात्र हो। त्यसो भएकोले नेतृत्व भनिएको होला। संस्थागत अध्यक्ष श्रीराम महत सहित सिंगो टिम एक ढिक्का छ।म पनि यतै छु।’ गुल्मीमै रहेकी झाँक्रीले ट्वीटरमा लेखेकी छन । झाँक्री गुल्मी क्षेत्रनंबर २ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारी गरिरहेकी छन । यस्तै उनले हरेक अध्यारो रातपछि बिहानी हुन्छ भन्दै आफू आशावादी रहेको पनि बताएकी छन । नेकपा एकीकृत समाजवादी गुल्मीले पनि विज्ञप्ति निकालेर एमाले प्रवेश गरेका जिल्ला ईञ्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारी कारवाही गर्दै एकता भनिएको आपत्ति जनाएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार