सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कांग्रेस सांसद अमरेश सिंह निलम्बनमा, स्थानीय चुनावमा अन्तर्घात गरेको आरोप

कांग्रेस सांसद अमरेश सिंह निलम्बनमा, स्थानीय चुनावमा अन्तर्घात गरेको आरोप

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    कांग्रेस सांसद अमरेश सिंह निलम्बनमा, स्थानीय चुनावमा अन्तर्घात गरेको आरोप
    images
    काठमाडौं । नेपाली कांग्रेस सर्लाहीले सांसद अमरेशकुमार सिंहलाई कारबाही गरेको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको ठहर गर्दै उनलाई जिल्ला अनुशासन समितिले कारबाही गरेको हो।जिल्ला सदस्य विकास ठाकुरले नेता सिंहलाई निलम्बन गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन । ‘स्थानीय निकायको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरुलाई अन्तरघात एवम् असहयोग गर्ने नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ का सांसद मा. डा. अमरेशकुमार सिंहलाई अनुशासन समितिको २०७९/०३/०२को निर्णयअनुसार पार्टीबाट निलम्बन गरिएको छ।’ उनले लेखेका छन । कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाही अन्तर्गत निलम्बन गरिएको बताए। जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई गत असार ४ गते नै सिंहमाथि कारबाही गरिएको पत्र पठाएको पाइएकाे छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार