सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दोस्रो पटक नागरिकता विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन : प्रचण्ड

दोस्रो पटक नागरिकता विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन : प्रचण्ड

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    दोस्रो पटक नागरिकता विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन : प्रचण्ड
    images
    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुंगो लाग्ने बताएका छन्। पार्टीको कार्यक्रमका लागि जनकपुरधाम पुगेका प्रचण्डले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताए। ‘गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ। कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुंगो लगाउँछ, उनले भने। अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको भन्दै प्रचण्डले त्यसबाहेक थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुंगो लगाउनमात्र बाँकी रहेको बताए । ‘हामीले छिटोभन्दा छिटो सिट बाँडफाँटको टुंगो लगाएर चुनावी तयारीमा जुट्न चाहन्छौं, उनले भने। गत २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमाभन्दा आगामी निर्वाचनमा मधेस प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी अध्यक्ष प्रचण्डले गरे। उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा दोस्रो पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे। ‘संविधानले राष्ट्रपतिलाई एकपटक विधेयक फिर्ता गर्ने अधिकार दिएको छ, प्रचण्डले भने, ‘दोस्रो पटक विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन, त्यसैले दुवै सदनबट दोस्रो पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ, हामी पूर्ण विश्वस्त छौं।’

    प्रतिक्रिया हरु
    थप समाचार