सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नागरिकता विधेयक फेरी पठाइयो राष्ट्रपतिकोमा, दोस्रो प्रयास सफल होला त ?

नागरिकता विधेयक फेरी पठाइयो राष्ट्रपतिकोमा, दोस्रो प्रयास सफल होला त ?

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    नागरिकता विधेयक फेरी पठाइयो राष्ट्रपतिकोमा, दोस्रो प्रयास सफल होला त ?
    images
    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट हुबहु पारित भएपछि सभामुख सापकोटाले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन् । राष्ट्रपति भण्डारीले साउन २९ मा नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । त्यसको दुई दिनपछि नै सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक हुबहु पास गर्ने निर्णय गर्‍यो । भदौ २ मा एकदिन छलफल गरेर प्रतिनिधिसभाबमे बहुमतले विधेयक पास गर्‍यो भने राष्ट्रियसभाले विधायन समितिमा पठाउने औपचारिकता पूरा गरे पनि कुनै संशोधन भएन । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक संघीय संसदबाट जस्ताको तस्तै पारित गर्नसक्छ । पुनर्विचार गर्नैपर्छ भन्ने बाध्यकारी छैन । अव राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्छिन् गर्दिनन् हेर्न बाँकी छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार