सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कांग्रेस एक सयबाट ८० मा झर्ने भएपछि सिट बाँडफाँडमा सहमति हुँदैछ : प्रचण्ड

कांग्रेस एक सयबाट ८० मा झर्ने भएपछि सिट बाँडफाँडमा सहमति हुँदैछ : प्रचण्ड

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    कांग्रेस एक सयबाट ८० मा झर्ने भएपछि सिट बाँडफाँडमा सहमति हुँदैछ : प्रचण्ड
    images
    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले ८० को वरपर सिट पाउने बताएका छन्। आज सुदूरपश्चिम प्रदेशको अगुवा कार्यकर्तालाई प्रशिक्षणमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले यस्तो बताएका हुन्। कसले कति सिट पाउने तयारी छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कांग्रेसले शुरुमा १०० सिट भनेको थियो। पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ। हामीले ६० मागेको थियौ। हामी यसको वरपर नै रहन्छौ। एकीकृत समाजवादीले २५ र जसपाले २५ को दाबी गरेको छ। यही वरपर रहेर सिट बाँडफाँट हुन्छ होला।’ यसअघि बैठकमा कांग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए। अहिलेको मुख्य विषय निर्वाचन नै भएकोले सत्तारुढ दल तालमेल गरेरै चुनावमा जाने उनको भनाइ थियो। सिट बाँडफाँट शीर्ष नेताको तहबाट भोलिसम्ममा टुंगो लाग्ने अध्यक्ष प्रचण्डले बताए। ‘सिट, क्षेत्र र प्रदेश एकैसाथ टुङ्ग्याउने भनेर कार्यदल लागिरहेको प्रचण्डले बताए । प्रचण्डले संसद्को आयु नलम्बिने दाबी गरे । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धनमा संसद्को आयु लम्ब्याउन हुँदैन भनेर छलफल भएकाले कुनै हालतमा संसद्को आयु लम्बिन नहुने बताए । उनले मङ्सिरको निर्वाचनका लागि उम्मेदवार मनोनयनपछि यो संसद् नरहने पनि बताए ।  ‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन, उनले भने, ‘एक दिन पनि लम्ब्याउनु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर चारपछि संसद् रहँदैन, द्विविधा छैन ।’

    प्रतिक्रिया हरु
    थप समाचार