सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पीडित युवतीको स्वास्थ्य परीक्षण गरियो, प्रहरी सीसी टिभी फुटेज हेर्दै, घटना पुष्टि भए सन्दीप लामिछानेलाई के कारवाही हुन्छ ?

पीडित युवतीको स्वास्थ्य परीक्षण गरियो, प्रहरी सीसी टिभी फुटेज हेर्दै, घटना पुष्टि भए सन्दीप लामिछानेलाई के कारवाही हुन्छ ?

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    पीडित युवतीको स्वास्थ्य परीक्षण गरियो, प्रहरी सीसी टिभी फुटेज हेर्दै, घटना पुष्टि भए सन्दीप लामिछानेलाई के कारवाही हुन्छ ?
    images
    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा किटानी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा मंगलवार साँझ लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहराले लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको जानकारी दिए । मंगलबार नै थापाथलीस्थित प्रसूति गृहमा पीडितको विस्तृत स्वास्थ्य परीक्षण गरिएको छ । सन्दीपलाई पक्राउ पुर्जी जारी गर्ने नगर्ने भन्ने बारे केही समयपछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ । गौशाला प्रहरी स्रोतका अनुसार, काठमाडौंको एक कलेजमा अध्ययनरत युवती लामिछानेको ‘फ्यान’ थिइन् । सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत उनीहरूबीच कुराकानी हुने गरेको थियो । स्न्यापच्याटमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए । स्न्यापच्याट पछिल्लो समय लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल हो । यसमा पठाएको सम्वाद हेर्ने बित्तिकै आफै डिलिट हुने विकल्प हुन्छ । उनीहरूबीच कुराकानीको माध्यम स्न्यापच्याट नै भएको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको गौशाला प्रहरी स्रोत बताउँछ । नगरकोट लगेर फर्केपछि पिंगलास्थान होटलमा राति लठ्याएर दुई पटकसम्म लामिछानेले बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीको भनाइ छ । प्रहरीले अहिले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टिभी फुटेज संकलन गर्न थालेको जानकारी दिएको छ । बलात्कार भएको भनिएको स्थानमा सीसी टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ । लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरकोमा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ । उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ । नगरकोटमा सन्दिपले दुर्व्यवहार गर्ने मनसायले लामो समयसम्म राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । त्यसैले पीडित नाबालिक भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ मा उल्लेखित बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुन्छ । यदि उनीविरुद्ध बालयौन दुरुपयोगको कसूर पनि लागेर प्रमाणित भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । उस्तै प्रकृतिको घटनामा मंगलबार मात्रै अभिनेता पल शाहलाई अदालतले साढे २ वर्ष कैद सजाय तोकेको छ । यो पनि  क्रिकेटर सन्दीपविरुद्ध नाबालिका बलात्कारको जाहेरी, कसरी सम्पर्क भयो, घटना के थियो ?

    प्रतिक्रिया हरु
    थप समाचार