सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राष्ट्रिय क्रिकेट टोली केन्याबाट स्वदेश फिर्ता

राष्ट्रिय क्रिकेट टोली केन्याबाट स्वदेश फिर्ता

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    राष्ट्रिय क्रिकेट टोली केन्याबाट स्वदेश फिर्ता
    images
    काठमाडौं । केन्याविरुद्धको पाँच खेलको टी२० र तीन एक दिवसीय क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। आज बिहान क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरे । टोलीमा कप्तान सन्दीप लामिछाने भने फर्किएका छैनन्। लामिछाने यसअघि नै केन्याबाट क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज गएका छन्। उनले केन्यामा एकदिवसीय क्रिकेटसमेत खेलेनन्। लामिछानेमाथि मंगलबार एक नाबालिकले बलात्कारको आरोप लगाएकी छिन्। केन्या भ्रमणको क्रममा नेपालले पाँच खेलको टी २० सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको थियो भने तीन खेलको एकदिवसीय क्रिकेटमा क्लीन स्विप गरेको थियो।

    प्रतिक्रिया हरु
    थप समाचार