सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

कांग्रेसको बहुमत नआउने भए गठबन्धन हुँदैन : कोइराला

कांग्रेसको बहुमत नआउने भए गठबन्धन हुँदैन : कोइराला

साझा पोष्ट
आइतबार, भदौ २६ २०७९
  • images
    कांग्रेसको बहुमत नआउने भए गठबन्धन हुँदैन : कोइराला
    images
    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धनको विरोधलाई कायमै राखेका छ्न । कांग्रेस नेता एवम गृहमन्त्री बालकृष्ण खांणले गठबन्धनको विरोध गर्न र भ्रम छर्न नहुने बताएको भोलिपल्ट नेता कोइरालाले आक्रामक अभिव्यक्ति दिएका हुन । आइतबार मोरङमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेसको एकल बहुमत नआउने भए गठबन्धन गर्न नहुने बताए । गठबन्धन गर्दा कांग्रेसको बहुमत आउने सुनिश्चित हुनु पर्ने उनको मत छ । त्यसका लागि १६५ सिट मध्ये १०० सिट कांग्रेसले लिनै पर्ने उनको अडान छ । अन्यथा पार्टीमा विद्रोह हुने उनले चेतावनी दिए । "८०/८५ सिटमा उम्मेदवारी दिएर कांग्रेसले बहुमत ल्याउंदैन । "कोइरालाले चेतावनी दिंदै भने-"त्यसले उल्टै पार्टीमा विद्रोह हुन्छ ।" पार्टी केन्द्रीय कार्यसमितिले बहुमत आउने गरि नै सिट लिनु पर्ने निर्णय गरेको उनले बताए । शनिबार नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता कार्यकर्ताले गठबन्धनको विरोध गर्न नमिल्ने बताएका थिए । उनले सिट बाँडफाँडमा अडान राख्न मिल्ने तर गठबन्धन तोडौं भन्न नहुने भन्दै पार्टीले गठबन्धन नतोड्ने समेत प्रष्ट पारेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार