सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

चुनावमा विश्वसनीय वातावरण बनाउन प्रधानसेनापति शर्माको निर्देशन

चुनावमा विश्वसनीय वातावरण बनाउन प्रधानसेनापति शर्माको निर्देशन

साझा पोष्ट
आइतबार, भदौ २६ २०७९
  • images
    चुनावमा विश्वसनीय वातावरण बनाउन प्रधानसेनापति शर्माको निर्देशन
    images
    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले निकट भविष्यमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्न आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत विष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षा जस्ता जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् । सेनापति शर्माले हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको थियो।’ हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै प्रधानसेनापति शर्माले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढिकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने उल्लेख गरे ।     उनले राष्ट्रिय गौरवको काठमाडौं(तराईरमधेश द्रुतमार्ग सडक आयोजना समय सीमाभित्रै निर्माण सम्पन्न गर्न समेत निर्देशन दिएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार