सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक छोडेको अलमुताईरीको घोषणा

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक छोडेको अलमुताईरीको घोषणा

साझा पोष्ट
आइतबार, भदौ २६ २०७९
  • images
    नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक छोडेको अलमुताईरीको घोषणा
    images
    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको घोषणा गरेका हुन । उनले यस अवधिमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन । सन् २०२१ को मे २९ मा इराकविरुद्धको मैत्रीपूर्ण खेलबाट नेपाली टिम सम्हालेका अल्मुताइरीको नेतृत्वमा नेपालले अन्तिम पटक यसै वर्षको जुन १४ मा एसियाकप छनोटमा इन्डोनेसियाविरुद्ध खेलेको थियो । गत कात्तिकमा उनले नेपालमा थप ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए । तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार