सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

चिनियाँ नेता ली आज तीन दिने नेपाल आउँदै,यस्तो छ भ्रमण तालिका

चिनियाँ नेता ली आज तीन दिने नेपाल आउँदै,यस्तो छ भ्रमण तालिका

साझा पोष्ट
आइतबार, भदौ २६ २०७९
  • images
    चिनियाँ नेता ली आज तीन दिने नेपाल आउँदै,यस्तो छ भ्रमण तालिका
    images
    काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु आज तीन दिने नेपाल भ्रमणमा आउँदैछ्न । सभामुख अग्नि सापकोटाको निम्तोमा उनी नेपाल आउन लगेका हुन । उनी दिउँसो सवा तीन बजे काठमाडौं आइपुग्नेछन ।   लीले सोमबार नै सभामुख अग्नि सापकोटासंग भेट्नेछन । मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेट गर्नेछ्न । त्यसपछी मंगलबार नै उनले परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय  सभा अध्यक्ष गणेश तिमिल्सिना,एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसंग भेट्नेछ्न । बुधबार उनले रास्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यतालिका छ । ली चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो वरियताका नेता हुन । उनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार