मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

अन्तिम सम्बोधनमा पनि ओलीले गरे संसद विघटनको बचाउ

अन्तिम सम्बोधनमा पनि ओलीले गरे संसद विघटनको बचाउ

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
    अन्तिम सम्बोधनमा पनि ओलीले गरे संसद विघटनको बचाउ
    images
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अन्तिम बैठकमा पनि विघटनको बचाउ गरेका छन प्रतिनिधि सभाको अन्तिम बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले चुनाव गर्नु प्रतिगमन नहुने बताए । संसद विघटनको बचाउ गर्दै ओलीले अब चुनाव हुंदैछ के त्यो प्रतिगमन हो भनेर प्रश्न गरे । "प्रधानमन्त्री ज्यूले संसद पूनस्थापना भएकोले भेट्न पाएका छौं भन्नुभयो । फेरि चुनाव घोषणा भएको छ ।आजबाट अन्त्री हुँदैछ भनेपछि तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ ? " ओलीले प्रश्न गरे । आफुले घोषणा गरेको बेला चुनाव भएको भए अहिले नयाँ संसद आइसक्थ्यो भन्दै ओलीले धारा ७६ को गलत व्याख्या गरिएको आरोप लगाए । उनले देउवालाइ कुन संविधान पढ्नु हुन्छ भनेर कटाक्ष गरे । ओलीले सत्ता गठबन्धनलाई मंसिर ४ मा जनताले जवाफ दिने बताए । "अहिले धेरै भन्दिनँ, मंसिर ४ मा गठबन्धनलाई जवाफ दिन्छन ।" उनले भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार