मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

झलनाथको विश्लेषण: नेपालमा गठबन्धनको राजनीति शुरू भयो, लामै जानसक्छ

झलनाथको विश्लेषण: नेपालमा गठबन्धनको राजनीति शुरू भयो, लामै जानसक्छ

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
    झलनाथको विश्लेषण: नेपालमा गठबन्धनको राजनीति शुरू भयो, लामै जानसक्छ
    images
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा गठबन्धनको राजनीति शुरु भएको र यो लामै समय जान सक्ने बताएका छन । प्रतिनिधिसभाको बैठकमा बोल्दै खनालले गठबन्धन आवश्यकता बनेको बताए ।"नेपालमा गठबन्धनको प्रक्रिया शुरू भयो । यो लामै समय जान सक्छ ।" खनालले आफ्नो विश्लेषण सुनाए," किनभने एकल बहुमत ल्याउंछु भन्ने कुरा दुर्लभ हुन्छ, आकांक्षा भएपनि व्यवहारिकतामा कठिन छ ।" अघिल्लो चुनावमा वाम गठबन्धनले झन्डै दुई तिहाई ल्याएको र त्यो संयोग मात्रै भएको बताए । गठबन्धनप्रति नकारात्मक हुनुपर्ने कुनै कारण नरहेको र अब सबैले गठबन्धन गर्ने बताए । "गठबन्धनसंग नकारात्मक हुनुपर्ने,अर्कै ढंगले हेर्नुपर्ने केही छैन। " कांग्रेससंग गठबन्धनमा रहेको दलका नेता खनालले एमाले र ओलीप्रती लक्षित गर्दै भने ," कोही राप्रपासंग गर्छन कोही कांग्रेससँग । कोही गणतन्त्रवादीसंग गर्छन, कोही राजतन्त्रवादीसंग । गठबन्धन सबैले गर्छन ।" मंसिर ४ को चुनावले मात्रै केपी ओलीको दिमाग खुल्ने उनले बताए । संसद विघटन गलत भएको उनले बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार