मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

समानुपातिक उम्मेदवारको नामावली तयार गर्न एमाले सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवारको नामावली तयार गर्न एमाले सचिवालय बैठक बस्दै

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
    समानुपातिक उम्मेदवारको नामावली तयार गर्न एमाले सचिवालय बैठक बस्दै
    images
    काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बोलाइएको नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दै छ । बैठक दिउँसाे १ बजे बस्ने छ । हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली नटुंगाएसँगै आज आइतबार फेरी बैठक बस्ने र निर्णय गर्ने तयारी एमालेले गरेको हो । हिजोको बैठकमा निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराएका थिए । एमाले बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार