मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

सर्वोच्च जाने तयारी गरेका चोलेन्द्रशमशेरलाई सरकारले निवासबाट निस्कन दिएन, प्रहरी परिचालन गरेर कडा निगरानी

सर्वोच्च जाने तयारी गरेका चोलेन्द्रशमशेरलाई सरकारले निवासबाट निस्कन दिएन, प्रहरी परिचालन गरेर कडा निगरानी

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
    सर्वोच्च जाने तयारी गरेका चोलेन्द्रशमशेरलाई सरकारले निवासबाट निस्कन दिएन, प्रहरी परिचालन गरेर कडा निगरानी
    images
    काठमाडौं । सरकारले सुरक्षा बल प्रयोग गरेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्नबाट राेकेकाे छ । जबरा आइतबार सर्वोच्च अदालत जाने तयारी गरेपछि सरकारले बाहिर निस्कन नदिन उनको निवासमा प्रहरी परिचालन गरेको छ भने सर्वोच्च अदालतको गेटमा पनि प्रहरी राखिएको छ । सरकारी निवासमा सुरक्षाकर्मीले चोलेन्द्रशमशेर जबरालाई रोकेर राखेका छन ।सुरक्षाकर्मीले प्रधानन्यायाधीश निवास भित्र र बाहिरिने गाडीको कडा सुरक्षा चेकजाँच गरेर मात्र आउनरजान दिइरहेको छ। सरकारले जबरालाई सर्वोच्च अदातल छिर्न नदिन प्रहरीलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाअभियोग ‘निस्क्रिय’ बनेको निष्कर्षका साथ चोलेन्द्र आज सर्वोच्च फर्कने तयारी गरेका थिए।तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरू राणालाई रोक्ने तयारी गरेका थिए।जबराविरुद्ध महाअभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट राणा आफू सर्वोच्चको नियमित जिम्मेवारीमा फर्कने भन्दै सर्वोच्च अदालत जाने खबर गरेका थिए। राणा सर्वोच्च प्रवेश गर्ने समयमा तनावको स्थिति हुनसक्ने भन्दै बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। सर्वोच्च तथा बारको परिसर र सडकमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।कानुन व्यवसायीसमेत सर्वोच्च परिसरमा बाक्लो संख्यामा उपस्थित भएका छन्। नेपाल बार एसोसिएसनले यसअघि नै राणालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने आधिकारिक निर्णय नै गरेको छ। आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमै शान्तिपूर्ण प्रदर्शन गर्ने र उनलाई भित्र छिर्न नदिने घोषणा गरेको हो । जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका छन् । सरकारले आफ्नो निवासमा तालाबन्दी गरेर प्रहरी तैनाथ गरिदिएको नजरबन्दमा राखेकाे बताएका छन ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार