नेपाल टेलिकमले ल्यायो निर्वाचन अफर

काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अवसरमा अफर ल्याएको छ । सजिलै निर्वाचन परिणाम थाहा पाउन सक्ने गरी टेलिकमले निर्वाचन अफर ल्याएको जनाएको छ ।
अफरमार्फत सस्तो दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने गरी २ सय ९४ रुपैयाँमा २० जीबी डाटा उपलब्ध रहेको टेलिकिमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ मा उपलब्ध हुने टेलिकमले जनाएको छ यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिनेछ । यो अफर आजदेखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय