शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

इमर्जिङ टिम्स एसिया कपका लागि नेपाल आज हङकङसँग खेल्दै

इमर्जिङ टिम्स एसिया कपका लागि नेपाल आज हङकङसँग खेल्दै

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    इमर्जिङ टिम्स एसिया कपका लागि नेपाल आज हङकङसँग खेल्दै
    images

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागीताका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल सवा ४ बजे सुरु हुनेछ ।


    images
    images

    ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग हारेपछि नेपालले इमर्जिङ टिम्स एसिया कपका लागि हङकङसँग खेल्न लागेको हो ।

    पहिलो, दोस्रो र तेस्रो हुने टिमले मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले नेपालले हङकङलाई हराउनै पर्नेछ । 
    घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै  स्वतः इमर्जिङ टिम्स एसिया कपमा पुगिसकेका छन् ।

    इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार