आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

चौधरी ग्रुपको वाइवाइ चाउचाउ गुणस्तरहीन, २ लाख जरिवाना

चौधरी ग्रुपको वाइवाइ चाउचाउ गुणस्तरहीन, २ लाख जरिवाना

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    चौधरी ग्रुपको वाइवाइ चाउचाउ गुणस्तरहीन, २ लाख जरिवाना
    images

    काठमाडौं । चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएको छ । 


    images
    images

    नेपाल राजपत्रको गुणस्तर भन्दा अधिक मात्रामा एसिड प्रयोग भएको पाईएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएको हो । चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी भन्दा बढी नहुनुपर्नेमा चाउचाउमा १३.९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको महानगरको बजार अनुगमन समितिले जनाएको छ । 

    खाद्य प्राविधिक अशोक बस्नेतकाअनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिनुभयो । 

    महानगरले नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनमा खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा देखिएको जनाएको छ । 

    गुणस्तर फेल भएको चाउचाउ उत्पादन गर्ने चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ भने ब्याच नं ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० ब्याचको चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै महानगरले सोही ऐनको दफा ३० को उपदफा ९१० को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ । 

    chaudhary.jpg

     

     

    प्रतिक्रिया हरु
    थप समाचार