शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

ओलीलाई माधव नेपालको जवाफ : राप्रपाको भोटले चुनाव जितेर ठूला कुरा नगरे हुन्छ

ओलीलाई माधव नेपालको जवाफ : राप्रपाको भोटले चुनाव जितेर ठूला कुरा नगरे हुन्छ

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    ओलीलाई माधव नेपालको जवाफ : राप्रपाको भोटले चुनाव जितेर ठूला कुरा नगरे हुन्छ
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राप्रपाको मतबाट चुनाव जितेर ठूला कुरा गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । 


    images
    images

    शनिबार काठमाडौंमा पार्टीको कोशी सम्पर्क कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीमाथि हमला गरेका हुन् । ओलीले आज प्रतिनिधि परिषद बैठकमा एकीकृत समाजवादीलाई दक्षिणपन्थी अवसरवादी भनेपछि नेपालले पनि कडा टिप्पणी गरेका हुन् ।  ‘चुनाव जित्दा खेरी राप्रपाको भोटबाट जित्ने कुरा ठूल्ठूला गर्ने देख्या छैनौं ?’ नेपालले भने । 

    उनले सत्ता गठबन्धनभित्र अरुले निर्णय गरेर पालन गर्न निर्देशन दिने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताए ।

    आफ्नो पार्टीको मानसम्मान र भूमिकालाई वास्ता गरे गठबन्धनमा सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ छ । तर, अरुले निर्णय गरेर आफूलाई मान्न बाध्य बनाउने कुरा स्वीकार्य नहुने उनले बताए ।

    अध्यक्ष नेपालले सूदुरपश्चिमको संकट टार्न आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नहुने अवस्थामा प्रधानमन्त्रीले सकारात्मक भूमिका खेलेर सहमतिको अवस्थामा ल्याएको भन्दै प्रचण्डलाई धन्यवाद दिए ।

    लुम्बिनी र बागमतीमा विनाविभागीय मन्त्री दिएको भन्दै आपत्ति जनाएका उनले छोटो अवधिमा तीन पटक गठबन्धन परिवर्तन भएकाले अर्को गठबन्धन कहिले बन्छ भन्न नसकिने तर्क गरे ।

    वर्तमान गठबन्धनलाई लामो समयसम्म टिकाउन सबैको भूमिका सकारात्मक हुनुपर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार