आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

इन्टरनेट सेवा कुनै पनि बेला काटिन सक्ने चेतावनी

इन्टरनेट सेवा कुनै पनि बेला काटिन सक्ने चेतावनी

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    इन्टरनेट सेवा कुनै पनि बेला काटिन सक्ने चेतावनी
    images

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले  इन्टरनेट सेवा कुनै पनि बेला काटिन सक्ने चेतावनी दिएको छ ।


    images
    images

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले इन्टरनेट सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।अब हुने इन्टरनेट बन्दको जिम्मा सरकारले लिनुपर्ने आइस्पानले चेतावनी दिएको छ । 

    इन्टरनेट ब्याण्डविथबापत १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न सरकारले अवरोध गरेका कारण नेपालभर जतिबेला पनि इन्टरनेट अवरुद्ध हुन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए ।

     अध्यक्ष पराजुलीले नेपाल ब्याण्डविथ खरिद गर्दा तिर्नुपर्ने पैसा पठाउन ताकेता पत्र आइसकेको पनि सुनाए । ‘भारतीय कम्पनीबाट खरिद गरेको पैसा पठाउन ताकेता पत्र २ दिन अगाडि आइसकेको छ। तर, सरकारले सिफारिस नदिँदा उक्त पैसा बैंकमा अड्किएर बसेको छ।’ उनले भने । 

     

    प्रतिक्रिया हरु
    थप समाचार