शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सरकारले ६० वर्ष माथिका विरामीको रक्तचाप र मधुमेहको निःशुल्क परीक्षण र उपचार गर्ने

सरकारले ६० वर्ष माथिका विरामीको रक्तचाप र मधुमेहको निःशुल्क परीक्षण र उपचार गर्ने

काठमाडौं । सरकारले ६० वर्षभन्दा माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार सार्वजनिक गरिएको साझा न्यूनतम कार्यक्रममा निरोगी नेपाल, स्वस्थ नागरिक बनाउने उल्लेख छ ।

साझा पोष्ट
सोमबार, पुस २५ २०७९
  • images
    सरकारले ६० वर्ष माथिका विरामीको रक्तचाप र मधुमेहको निःशुल्क परीक्षण र उपचार गर्ने
    images

    काठमाडौं । सरकारले ६० वर्षभन्दा माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार सार्वजनिक गरिएको साझा न्यूनतम कार्यक्रममा निरोगी नेपाल, स्वस्थ नागरिक बनाउने उल्लेख छ ।


    images
    images

    ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने उल्लेख छ । प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाउने, स्वास्थ्य बिमा सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले भोग्नु परेका झन्झट तत्काल हटाउने साझा न्यूनतम  कार्यक्रममा उल्लेख छ ।

    निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने, यसका लागि(सवै नागरिकमा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने र सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुऱ्याउने उल्लेख छ ।

    सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल निर्माण पुरा गर्ने पनि उल्लेख छ । महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक १ हजार ५ सय उपलब्ध गराउने र प्रसूति हुने शतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्यजाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गर्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार