आरु फूलेको मौसम (तस्बिरहरु)

काठमाडौं । जाडो सकिएर बसन्त ऋतु आउँदैछ र यो आरु फूल्ने याम हो । गाउँ शहर जताततै पहाडी भेगमा अहिले आरु फूलेर राताम्मे छ । कतिपय ठाउँमा सेतो पनि फूलेको छ, तर अधिकांश ठाउँमा राताम्मे छ । भनिन्छ,आरु फुल्ने मौसम बर्खाको सूचक हो । काठमाडौका पनि ठाउँ ठाउँमा आरु फूलेको छ । सडक किनारमा होस वा बचेखुचेका सीमित बगैंचा सबैतिर आरु फूलिरहेको छ । प्रकृतिको लिला अपरम्पार छ, जहाँ जस्तो अवस्थामै भएपनि आफ्नो धर्म निर्वाह गर्छ । काठमाडौंकाे तीनकुने सडक किनारमा पनि आरु फूलेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९ ०९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय