शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सरकारी सेवाका करार श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने

सरकारी सेवाका करार श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सरकारी सेवामा करारमा कार्यरत श्रमीकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताएका छन्। बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताए।

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    सरकारी सेवाका करार श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सरकारी सेवामा करारमा कार्यरत श्रमीकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताएका छन्।


    images
    images

    बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताए। अब उनीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता छ।

    सामाजिक सुरक्षा कोषमा आवद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने बताए। उनले कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने उल्लेख गरे।

    प्रधानमन्त्री प्रचण्डले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नहुने बताए। उनले रोजगारीका लागि विदेश गएका युवाहरूलाई दुःख दिने दिन गएको दाबी गरे। उनले सरकारले विदेश जानेहरूलाई तालिम दिइ दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको उल्लेख गरे।

    ‘रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य छैन, स्वीकार्य छैन। अब दुःख दिने दुःख पाउने दिन गए। सबैको आत्मसम्मानमा बढोत्तरी गरेर काम गर्नेछौं, प्रधानमन्त्री प्रचण्डले भने । 

    प्रधानमन्त्रीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ५ वर्षे रणनीति योजनाको पूर्ण कार्यान्वयनमा सरकारको सहयोग रहने प्रतिवद्धता जनाए। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार