शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

आईपीएल : पञ्जाबसँग हारेपछि दिल्ली प्लेअफको दौडबाट बाहिरियो

आईपीएल : पञ्जाबसँग हारेपछि दिल्ली प्लेअफको दौडबाट बाहिरियो

साझा पोष्ट
आइतबार, वैशाख ३१ २०८०
  • images
    आईपीएल : पञ्जाबसँग हारेपछि दिल्ली प्लेअफको दौडबाट बाहिरियो
    images

    एजेन्सी । इण्डियन प्रिमियर लिगको प्लेअफको दौडबाट दिल्ली क्यापिटल्स बाहिरिएको छ।
    गए राती भएको खेलमा  पञ्जाबसँग ३१ रनले हार बेहोरेपछि दिल्ली प्लेअफको दौडबाट बाहिरिएको हो ।
    पञ्जाबले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाएको थियो।


    images
    images

    योसँगै दिल्लीले यस सिजनमा आठौँ हार बेहोरेको छ। १२ खेलमा ८ अंकसहित पुछारमा रहेको दिल्ली प्लेअफको दौडबाट बाहिरिएको छ।

    त्यसैगरी पञ्जाबले १२ खेलमा छैटौं जित हासिल गरेको छ। १२ खेलमा १२ अंकसहित पञ्जाब सातौं स्थानमा रहेको छ। पञ्जाबले बाँकी दुई खेल जितेमा प्लेअफको सम्भावना कायम रहेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार