आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

थापाथलीमा रोजी-रोजी खसीबोका र च्याङ्ग्रा किन्दै उपभोक्ता (तस्बिरहरु) 

थापाथलीमा रोजी-रोजी खसीबोका र च्याङ्ग्रा किन्दै उपभोक्ता (तस्बिरहरु) 

जिउँदो खसी किलोको ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ

साझा पोष्ट
बुधबार, कात्तिक १ २०८०
  • images
    थापाथलीमा रोजी-रोजी खसीबोका र च्याङ्ग्रा किन्दै उपभोक्ता  (तस्बिरहरु) 
    images

    काठमाडौं ।  हिन्दु नेपालीको महान चाड दशै शुरु भएसँगै बजारमा खसी, बोका र च्याङ्रग्रा किन्ने ग्राहकको भीड लागेको छ ।


    images
    images

     सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि थापाथलीमा खसी, बोका र भेडा–च्याङग्राका बेचिरहेको छ । उपभोक्ताले रोजी रोजी खसी–बोका र च्याङ्ग्रा लगिरहेका छन् । कम्पनीले मकवानपुर तथा दाङ जिल्लाबाट खसी, बोका र रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । कम्पनीले जिउँदो खसी प्रति किलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्ग्रा प्रति किलो १ हजार दुई सय ५०  रुपैयाँमा बिक्री वितरण गरिरहेको छ ।

     ग्राहकको माग अनुसार संख्या बढाउँदै लैजाने नेपाल खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिए ।उनका अनुसार १६ सय ९ वटा खसी बोका ल्याई सकेको कम्पनीले २ हजार खसी बोका र १ हजार भेडा च्याङ्ग्रा थप ल्याउने तयारी गरिरहेको छ । असोज ३० गतेदेखि थालेको कम्पनीले नवमीका दिनसम्म  खसी–बोका च्याङ्ग्रा बेच्नेछ । 

    chyangra_kineko.jpeg
    chyangra_1.jpeg
    khasi_2.jpeg
    khasi_1.jpeg

     

    khasi_5.jpeg
    khasi_4.jpeg

    प्रतिक्रिया हरु
    थप समाचार