शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

इलाम र बझाङमा आज मतगणना शुरु हुने

इलाम र बझाङमा आज मतगणना शुरु हुने

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    इलाम र बझाङमा आज मतगणना शुरु हुने
    images

    काठमाडौं । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ ९१० को मतगणना आज सुरु गरिंदैछ ।इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरमुकामको गौतमबुद्ध सभागृह हुनेछ ।


    images
    images

    मतगणना सुरु गर्नुअघि केहीेबेरमा सर्वदलीय बैठक छ । बैठकपछि मतगणना सुरु हुनेछ ।इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

    मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

    यसैगरी बझाङमा पनि आजदेखि मतगणना सुरु गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आउन बाँकी छ । ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार