आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

बालेन शाहले लगाइदिए  प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला 

बालेन शाहले लगाइदिए  प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला 

साझा पोष्ट
सोमबार, पुस २३ २०८०
  • images
    बालेन शाहले लगाइदिए  प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला 
    images

     काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई रोक्न महानगरपालिकाले कार्यकक्षमै ताल्चा लगाइदिएको छ ।  मेयरको सचिवालयले ताल्चा लगाउन निर्देशन दिए अनुसार ताला लगाइएको हो । 


    images
    images

    कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन गर्दै मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका थिए ।

    उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति बनाएर छानबिन नसकिन्जेल कार्यालयमा हाजीर नहुन अधिकारीलाई भनेका थिए । तर, उनी विदा छोट्याएर सोमबार कार्यालय फर्किने सूचना पाएपछि मेयरको सचिवालयले ताल्चा लगाउन निर्देशन दिएको हो ।

    कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि अधिकारीसहित मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छानबिनमा तानिएका हुन् ।

     छानबिन नसकिँदै अधिकारी काममा फर्किने चर्चा चलेपछि उनको कार्याकक्षमा तालाबन्दी गरिएको हो । मेयर शाहले अब अधिकारीलाई प्रमख प्रशासकीय अधिकृतका रुपमा काम लगाउन नसकिने बताइसकेका छन् । संघीय सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नतोकिन्जेल बिदामा बस्न उनले अधिकारीलाई दबाव दिएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार