आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

हिमाली जिल्लामा हिमपात (तस्बिरहरु)

हिमाली जिल्लामा हिमपात (तस्बिरहरु)

साझा पोष्ट
बिहीबार , माघ १८ २०८०
  • images
    हिमाली जिल्लामा हिमपात (तस्बिरहरु)
    images

    काठमाडौं ।  हिमाली जिल्लामा हिमपात भएको छ । हिमाली जिल्लामा आज बिहानैदेखि हिमपात भैरहेको छ । कर्णालीका हुम्ला, जुम्ला, लुम्बिनीको रुकुम पूर्व र गण्डकीको म्याग्दी र मुस्ताङमा हिमपात भैरहेको छ । 
    हरेक वर्ष हिउँदमा हिमपात हुने भएपनि यस वर्ष भने  ढिलोगरी हिउँ परेको छ ।  हिमपात हुँदा किसान खुसीभएका छन् ।  पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    images
    images

    महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भैरहेको हो ।

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात पनि भएको छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानहरूमा भने हुस्सु लागेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    karnali-himpat-21.jpg
    pachim_rukum_him.jpg
    myagdi_ra mustang sima_him.JPG

    humla-himpat_magh18.jpg


    तस्बि/रासस


    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार