आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

'इन्द्रेणी'का सञ्चालक कृष्ण कँडेल विवादमा तानिए 

'इन्द्रेणी'का सञ्चालक कृष्ण कँडेल विवादमा तानिए 

साझा पोष्ट
बिहीबार , फागुन ३ २०८०
  • images
    'इन्द्रेणी'का सञ्चालक कृष्ण कँडेल विवादमा तानिए 
    images

    काठमाडौं ।  लाइभ दोहोरीको चर्चित प्लेटफर्म 'इन्द्रेणी' भित्रको विवाद सार्वजनिक भएको छ । 
    इन्द्रेणीका पाँच कलाकारले सञ्चालक कृष्ण कँडेलले आफूहरूलाई  कुटपिट गर्दै अपमानजनक ढंगले जागिरबाट निकालेको आरोप लगाएका छन् । जसमा कँडेलको परिवारभित्रकै सदस्यसमेत छन् ।  इन्द्रेणीका सञ्चालक कँडेलमाथि खगेन्द्र विश्वकर्मा, शर्मिला श्रेष्ठ, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायतले विभिन्न आरोप लगाएका  छन् । कँडेल र घिमिरे नाताले कृष्णका क्रमशः भाइ र साला पर्ने हुन् 
    विगत १२ वर्षदेखि इन्द्रेणीमा कार्यरत कलाकारले फेसबुक लाइभमा आएर अपमानजनक ढंगले इन्द्रेणी व्यवस्थापनले त्यहाँबाट निकालेको गुनासो गरेका छन ।


    images
    images

    गायिका शर्मिला श्रेष्ठले लामो समयदेखि त्यहाँ कार्यरत आफूलगायत कलाकारलाई अपमानजनक ढंगले हटाइएको गुनासो गरिन् । सुरुमा सबै कलाकारलाई बिदा गर्ने भनी हस्ताक्षर गराइए पनि अन्तिममा आफूलगायत केहीलाई मात्र त्यहाँबाट हटाइएको उनको दाबी छ ।

    इन्द्रेणी कार्यक्रमका लागि आफ्नो सम्पूर्ण समय सुम्पिए पनि अन्तिममा व्यवस्थापनले धोका दिएको उनले बताइन् । 
    कृष्ण कँडेलबाट कलाकारमाथि विगतदेखि नै ज्यादति हुँदै आएको दाबी पनि उनले गरेकी छन् । इन्द्रेणीमा नियमित देखिने गरेकी शर्मिला श्रेष्ठ लाइभमै रोएकी थिइन् । आफ्नो बुवाआमाले कृष्ण कँडेललाई भगवान् मान्ने तर आफूलाई उनैले अन्यायमा पारेको श्रेष्ठले बताइन् ।

    प्रतिक्रिया हरु
    थप समाचार