बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु

कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु

साझा पोष्ट
बिहीबार , चैत १ २०८०
  • images
    कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु
    images

    काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ।


    images
    images

    मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान त्यहाँको प्रहरीले जनाएको छ। 

    सडक छेउमा बसेका बेला दुर्घटनामा परी ज्यान गुमाउनेमा अछाको पन्चदेवल विनायक–५ का सुरत बहादुर कठायत, काठमाडौं नागार्जुन–२ का सुजन कार्की र धनुषा  वेंगादवार–३ का धिरज गुर्मछाने मगर रहेको  नेपाली राजदूतावास कुवेतले  जनाएको छ। मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत थिए ।

    कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए।

    उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए। कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार