मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

मनि ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ जना भारतीय पक्राउ

मनि ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ जना भारतीय पक्राउ

साझा पोष्ट
शनिबार, चैत ३ २०८०
  • images
    मनि ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ जना भारतीय पक्राउ
    images

    काठमाडौं ।  रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    images
    images

    शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली हानेको थियो । 

    images
    images

    घटनालगत्तै खटिएको प्रहरीले खोजतलास गर्दा तीन जना भारतीय नागरिकलाई पक्रेको हो ।  पक्राउ पर्नेमा भारतीय नागरिक १९ वर्षका मुनिफकुमार यादव, १८ वर्षका राजकुमार पासवान र २० वर्षका चन्द्रभान सिंह छन् ।

    उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ ।

    गोली प्रहारबाट घाइते भएका नितेशको बाराको परबानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको छ । आँखामा समस्या देखिएकाले थप उपचारका लागि उनलाई काठमाडौंको तिलगंगा आँखा अस्पताल ल्याएइको प्रहरीले जनाएको छ  । 

    प्रतिक्रिया हरु
    थप समाचार