मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

त्रसित नहुन र ढुक्क भएर लगानी गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

त्रसित नहुन र ढुक्क भएर लगानी गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

साझा पोष्ट
शनिबार, चैत ३ २०८०
  • images
    त्रसित नहुन र ढुक्क भएर लगानी गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
    images

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभइकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।पोखरामा भएको कार्यक्रममा  प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए ।

    images
    images

    ‘देशमा लगानीको वातावरण बनेको छ । व्यापार व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘पछिल्लो सत्ता सहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु । नियम र कानून पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।’

    images
    images

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधन गर्न आफूले पहल गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।सरकारले पनि भारत र चीनका जहाज सिधै पोखरा आउन् भन्ने चाहेको र आफूले पनि त्यसै अनुसार पहल गरिरहेको उनले बताए ।

    प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘नेपालमा हामी जुन खालको व्यवस्थामा छौँ, यसले सरकार छिटो छिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध गर्दैन, गर्न दिइँदैन ।’

    देशका विभिन्न स्थानबाट सिधै पोखरा आउनका लागि हवाइमार्ग अहिले पहिलेभन्दा सहज भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब त्यसलाई पनि विस्तार गरेर झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीबाट नियमित उडानका लागि सरकारले अवश्य पनि वातावरण बनाइने बताए ।

     

    प्रतिक्रिया हरु
    थप समाचार