मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

भोजपुरमा आगोमा जलेर ३ बालबालिकाको ज्यान गयो

भोजपुरमा आगोमा जलेर ३ बालबालिकाको ज्यान गयो

साझा पोष्ट
आइतबार, चैत ४ २०८०
  • images
    भोजपुरमा आगोमा जलेर ३ बालबालिकाको ज्यान गयो
    images

    काठमाडौं । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा आगोमा  तीन बालबालिकाको मृत्यु भएको छ ।खेलिरहेका बालबालिकाहरुले गोठबाट सल्किएको आगोको चपेटामा परेर ज्यान गुमएको  ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो ।

    images
    images

     घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली पठाइएको थियो ।यस्तै भोजपुर नगरपालिका-१२ टक्सारको मालबाँसेमा पनि आगलागी भएको छ । जंगलको डढेलो बस्तीमा पस्दा ६ घरगोठ जलेको प्रहरीले जनाएको छ ।

    आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको अर्को एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।जङ्गलबाट सुरु भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको हो । 

     

    प्रतिक्रिया हरु
    थप समाचार