मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

महरालाई तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

महरालाई तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

साझा पोष्ट
आइतबार, चैत ४ २०८०
  • images
    महरालाई तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन
    images

     काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।आतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले महरालाई कारबाही गर्न निर्देशन दिएका हुन्  ।

    images
    images

    सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले  महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।  गृहसचिव एकनारायण अर्याल समेत  भेटघाटमा गृहमन्त्रीले  सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र महरालाई कारवाही गर्न निर्देशन दिएका हुन् । त्यसै अनुसार कारबाही गर्न निर्देशन दिइएको स्रोतले जनाएको छ । 
    यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो ।

    images
    images
    rabi-nirdesan_.jpg

    उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । आजैका दिनबाट सरकारी जग्गा सरकारी स्वामित्वमा ल्याउन निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।बाँसरी जग्गा प्रकरणमा संलग्न रहेकाहरुको समेत बयान लिन निर्देशन दिइएको छ । यसक्रममा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिइँदै छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार