मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

३८ प्रतिशत कुलिन जनसंख्याको बसोबास बागमती प्रदेशमा

३८ प्रतिशत कुलिन जनसंख्याको बसोबास बागमती प्रदेशमा

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    ३८ प्रतिशत कुलिन जनसंख्याको बसोबास बागमती प्रदेशमा
    images

    काठमाडौं। राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसंख्याका वागमती प्रदेशमा बस्ने गरेको देखिएको छ। 

    images
    images

    आइतबार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसंख्या वागमती प्रदेशमा बस्ने गरेको देखाएको हो। तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने सबैभन्दा 'कुलिन वर्ग' वागमतीमा बस्ने गरेको बताए। 

    images
    images

    उनले निम्न वर्गका ५१ प्रतिशत जनसंख्या कर्णाली प्रदेशमा बस्ने गरेको तथ्याङ्क जानकारी गराए। उनका अनुसार कर्णाली प्रदेशमा करिव ४.२ प्रतिशत मात्रै जनसंख्या उच्च वर्गको जीवनस्तर भएका छन्।

    तथ्याङ्क कार्यालयकाअनुसार भविष्यमा फर्कन सक्नेगरी विदेश बस्ने नेपालीहरुको जनसंख्या करिव २२ लाख  छ। निर्देशक लामिछानेकाअनुसार नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु विदेश गएको देखिएको छ। उनले पछिल्लो १० वर्षमा हिमाल र पहाडको जनसंख्या घट्दै र तराईको जनसंख्या बढ्दै गएको देखिएको बताए। 

    उनले ४३.६ प्रतिशत तराई र पहाडको ४०।३ प्रतिशत पुगेको बताए। उनले पहाडी जिल्लाका काठमाडौं र पोखरा महानगरपालिका लगायतका केही नगरपालिकामा धेरै भए पनि अन्य नगरपालिकामा जनसंख्या कम देखिएको उल्लेख गरे। 

    तथ्याङ्क कार्यालयकाअनुसार उमेरको हिसावमा ०–१४ वर्षसम्मका बालबालिको २०६८ जनगणनामा ३४।९ रहेकोमा २०७८ मा  २७.८ प्रतिशतमा झरेको छ। त्यस्तै १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ। २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ।

    निर्देशक लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसंख्या ५।३ बाट बढेर ६।९ प्रतिशतमा पुगेको बताए। उनले नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशत रहेको बताए। 

    उनले जनगणना २०६८ को तुलनामा आश्रित जनसंख्या कम रहेको बताए। उनका अनुसार जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको बताए।

    प्रतिक्रिया हरु
    थप समाचार