मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

कृष्णबहादुर महरा पक्राउ 

कृष्णबहादुर महरा पक्राउ 

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    कृष्णबहादुर महरा पक्राउ 
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको  र काठमाडौं ल्याइँदै गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । 
    रोल्पा हिँडेका महरालाई पक्राउ गरिएको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

    images
    images

    यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । महराले शनिवार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । 

    images
    images

    प्रतिक्रिया हरु
    थप समाचार